चिनियाँ राजदूतलाई सोधपुछ गरेर सचेत गराउन संसदीय समितिको निर्देशन - Chaitanya News
  • 2026-11-16
  • 16:34:05
  • सोमबार,मंसिर ०१, २०८३
  • चिनियाँ राजदूतलाई सोधपुछ गरेर सचेत गराउन संसदीय समितिको निर्देशन

    चिनियाँ राजदूतलाई सोधपुछ गरेर सचेत गराउन संसदीय समितिको निर्देशन

    काठमाडौं– चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ।

    आज (बिहिबार) बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो।

    बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए। बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए।

    ‘नेपाल सार्वभौम मुलुक हो। के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु।