राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री पप्रचण्डले असोजमा सम्बोधन गर्ने - Chaitanya News
  • 2026-11-16
  • 16:48:02
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री पप्रचण्डले असोजमा सम्बोधन गर्ने

    राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री पप्रचण्डले असोजमा सम्बोधन गर्ने

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन्।

    न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३० भदौमा अमेरिका जाने तय भएको छ ।भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत छन्।

    प्रधानमन्त्री प्रचण्डले ४असोजमा राष्ट्रसंघीय महासभालाए सम्बोधन गर्नेछन् । उनले अरु कार्यक्रममा पनि सहभागी हुनसका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन्।