चिनियाँ राजदूत छेन सोङलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग - Chaitanya News
  • 2026-11-16
  • 16:47:42
  • सोमबार,मंसिर ०१, २०८३
  • चिनियाँ राजदूत छेन सोङलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग

    चिनियाँ राजदूत छेन सोङलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग

    काठमाडौं– जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ।

    आज (बिहिबार)प्रचिनिधि सभा बैठकमा बोल्दै पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले चिनियाँ राजदूत छेनलाई फिर्ता पठाउन माग गरेका हुन्।

    नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले बताए। उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन भनेका छन्।

    ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ। यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु।