महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : महेश बर्तौला - Chaitanya News
  • 2026-11-16
  • 16:47:47
  • सोमबार,मंसिर ०१, २०८३
  • महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : महेश बर्तौला

    महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : महेश बर्तौला

    काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।आज (बिहबिार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको समेत बताए।

    ‘नेपाली काँग्रेसका सहमहामन्त्रीमाथिको साङ्घातिक हमलाप्रति एमाले भर्त्सना गर्छ। यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। जवाफ दिनुपर्छ। काठमाडौं मध्य भागमा यस प्रकारले सत्तापक्षको पार्टी केन्द्रका सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसको जवाफ दिनुपर्छ,’ उनलेप्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको उनले बताए।

    ‘हिजो प्रतिपक्षीलाई थियो, ध्यान कम दिइयो होला आज सत्तापक्षका सांसदमाथि पनि खोजीखोजी आक्रमण हुने, नेताहरूमाथि धारिलो हतियारले आक्रमण हुने, त्यसमा आउने टिप्पणी ठिक गरियो अपराधीहरूलाई प्रोत्साहित हुने गरी भइराखेको छ। यसमा निर्ममताका साथ अध्ययन गरियोस्,’ उनले भने।