काठमाडौँ– कोशी प्रदेश सरकारको असंवैधानिकताविरुद्ध परेको रिटमा बहस सकिएको छ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत थापाले रिट दायर गरेका थिए।
उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको थियो। आज अधिवक्ताहरू टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए। बहस सकिएसँगै आजै कोशी सरकारबारे फैसला दिने सर्वोच्चको तयारी छ।
भ