आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन तथा मूल्याङ्कन गर्ने - Chaitanya News
  • 2026-04-25
  • 01:55:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन तथा मूल्याङ्कन गर्ने

    आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन तथा मूल्याङ्कन गर्ने

    काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन्। संयुक्त रुपमा बसेको बैठकले संयुक्त रुपमै अनुगमन तथा मूल्याङ्कन गर्ने निर्णय गरेको हो।

    राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरुको बैठकले निर्वाचनको अनुगमनको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई अनुगमन गर्ने निर्णय भएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए। अहिलेको निर्वाचनमा मधेशी महिला, मधेशी दलितलगायतको उपस्थिति न्यून भएकोले गर्दा समानुपातिक समावेशितामाथि नै प्रश्न उठेको उनले बताए। बैठकले समानुपातिक समावेशितालाई राजनीतिक दलहरुले गम्भीर रुपमा नलिएको निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गरेको छ।