काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री साउदले भ्रमणको तयारी भइरहेकोले अहिल्यै एजेन्डा टुङ्गो लागि नसकेको जानकारी दिए।
भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन्।’
साउदले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ। ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ। अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन्।
प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन्।