काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन्। आज (बिहिबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो। तर उनी बैठकमा अनुपस्थित भए।
प्रधानमन्त्री अनुपस्थित भएपनि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ। बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्ड पनि बैठकमा उपस्थित भइदिएको भए समितिको गरिमा र महत्व बढ्ने थियो भने।