रामलालको 'बाआमा'लाई लालबन्दीले भाषा तथा साहित्य पुरस्कार प्रदान गर्ने - Chaitanya News
  • 2026-05-02
  • 21:59:59
  • शनिबार,बैशाख १९, २०८३
  • रामलालको ‘बाआमा’लाई लालबन्दीले भाषा तथा साहित्य पुरस्कार प्रदान गर्ने

    रामलालको ‘बाआमा’लाई लालबन्दीले भाषा तथा साहित्य पुरस्कार प्रदान गर्ने

    काठमाडौं- मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

    लालबन्दी नगर वाङ्मय परिषद्ले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको भन्दै जो‍शीको ‘बाआमा’लाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

    स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस गरेबमोजिम बाआमा छनोटमा परेको परिषद्ले जनाएको छ।

    ‘बाआमा’लाई घोषणा गरिएको यो पुरस्कारले आफ्नो साधना र सिर्जना कर्ममा थप ऊर्जा, उत्प्रेरणा र हौसला प्रदान गरेको जोशीले बताए।