मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न ओलीको आग्रह - Chaitanya News
  • 2026-11-16
  • 16:48:27
  • सोमबार,मंसिर ०१, २०८३
  • मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न ओलीको आग्रह

    मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न ओलीको आग्रह

    काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताएका छन। आज (बुधबार)मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यस विरुद्ध सचेतना जगाउन आह्वान गरेका हुन ।

    उनलेएक सन्देश जारी गर्दै उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

    यस्तै उनले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।