एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुन्छ : झलनाथ खनाल - Chaitanya News
  • 2026-11-16
  • 16:48:52
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुन्छ : झलनाथ खनाल

    एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुन्छ : झलनाथ खनाल

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन्। आज (बुधबार) नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी) को काठमाडौँ जिल्ला भेलालामा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए। उनले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उल्लेख गरे।

    उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य हुने पनि बताए। उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने बताए।

    उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए। उनले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे।