चितवन– नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।
आज (बुधबार) भरतपुर विमानस्थलमा सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले यस विषयमा टुङ्गो भने नलागिसके बताए।
विमानस्थलमा सञ्चारकर्मीले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपार्इं हुने सम्भावना कत्तिको छ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन रु नहुने भन्ने के छ?
पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभेको उनको भनाइ थियो।