काठमाडौँ– एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताएका छन्।
आज (बुधबार) काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यस्तै उनले भने अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ। तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं’, खनालले भने, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ।’ उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे।