विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : कुलमान घिसिङ - Chaitanya News
  • 2026-05-26
  • 16:48:01
  • मंगलबार,जेठ १२, २०८३
  • विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : कुलमान घिसिङ

    विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : कुलमान घिसिङ

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन्।

    आज (बुधबार) देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् यस्तै उनले, निजी क्षेत्रको सहभागिताका लागि नीति नै संशोधनको तयारी भइरहेको बताए।

    उनले भने, ‘देशैभरि कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति संशोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रूपमा आउनको लागि नीति संशोधन गर्दै छ। प्राइभेट सेक्टर यहाँ आउनुपर्छ। निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।’ घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए।