काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन्।
आज (मंगलबार) प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएका थिए दुई नेताबीच भएको भेटमा प्रचण्डले टीआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री कार्यालय र एमाले नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टीआरसीमा तपाईंको सहयोग चाहिय ।’ जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए। नेताहरुका अनुसार ओलीले प्रचण्डलाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन्।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन्।