प्रचण्डलाई भेट्न सिंहदरवार पुगे ओली - Chaitanya News
  • 2026-11-16
  • 17:05:12
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रचण्डलाई भेट्न सिंहदरवार पुगे ओली

    प्रचण्डलाई भेट्न सिंहदरवार पुगे ओली

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन।

    प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

    सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ।

    प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ।

    प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको छ।