सेयर बजार छ दशमलव ४५ अङ्कले घट्यो - Chaitanya News
  • 2026-07-13
  • 18:27:06
  • सोमबार,आषाढ २९, २०८३
  • सेयर बजार छ दशमलव ४५ अङ्कले घट्यो

    सेयर बजार छ दशमलव ४५ अङ्कले घट्यो

    काठमाडौ – सेयर बजार साढे छ अङ्कले घटेको छ।सोमवार सात अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ।

    आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ। सबैभन्दा धेरै आरबीबी म्यचुअल फन्ड–२ र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन आज एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ।

    आज २४ लाख ८० हजार कित्ता शेयर ७९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।