शेरबहादुर देउवा भने: चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 17:03:07
  • सोमबार,मंसिर ०१, २०८३
  • शेरबहादुर देउवा भने: चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ

    शेरबहादुर देउवा भने: चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।

    मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले चिन रभारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका हुन्।

    देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।

    उनले भने, ‘‍चीन र भारत दुईवटा हाम्रा छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। उनीहरुले भनेको मान्नुपर्छ। सन्तुलन गरेर जानुपर्छ। यसमा नै हाम्रो बुद्धिमता छ। हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो।’

    देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने पनि बताए।