सांसदहरुले उठाए नेपालमा बेरुजु र त्यसको फर्छ्यौटको बारेमा प्रश्न - Chaitanya News
  • 2026-11-16
  • 17:02:33
  • सोमबार,मंसिर ०१, २०८३
  • सांसदहरुले उठाए नेपालमा बेरुजु र त्यसको फर्छ्यौटको बारेमा प्रश्न

    सांसदहरुले उठाए नेपालमा बेरुजु र त्यसको फर्छ्यौटको बारेमा प्रश्न

    काठमाडौं– सांसदहरुले नेपालमा बेरुजु र त्यसको फर्छ्यौटमा प्रश्न उठाएका छन्। उनीहरुले कमिसनको आधारमा बेरुजु फर्छ्यौट हुने गरेको समेत दाबी गरेका छन्।

    आज (मँगलबार) सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कमिसनमा आधारित बेरुजु फर्छ्यौट भएको बताए। उनले भने, ‘५० लाखको कमिसन पाएपछि बेरुजु फर्छ्यौट हुन्छ। व्यवहारिक पाटो यही हो।

    बेरुजु फर्छ्यौट सम्बन्धित कार्यालयका अधिकारीले गर्छन्। महालेखा परीक्षकको कार्यालयका कर्मचारीले सरकारी कार्यालयमा अडिट गर्छन्। यदि बेरुजु पत्ता लागे कमिसनमा फर्छ्यौट हुने सांसद दाहालको दाबी छ।

    बैठकमा नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले पनि महालेखाको प्रतिवेदन महापुराण जस्तो भाषण हुने र निचोड नहुने टिप्पणी गरे। उनले भने, ‘टेक्निकल अडिट गर्दैगर्दैनौ। यहाँ ल्याप्सेस छ। यसकारण गुणस्तरीय काम हुँदैन।’