प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 17:02:52
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ : गृहमन्त्री श्रेष्ठ

    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमणमा कोरला नाका सञ्चालनका लागि चीनसँग छलफल हुने बताएका छन्। आज (मंगलबार)
    बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ४ कागबेनी बस्तीको स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्।

    ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने उनको भनाइ छ।

    ‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले पहल गर्नेछ,’ उनले भने, ‘बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौं।’

    सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनले बताए।