आज सुन चाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 16:48:56
  • मंगलबार,जेठ १२, २०८३
  • आज सुन चाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार?

    आज सुन चाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार?

    काठमाडौं– आज (मंगलबार) सुन र चाँदीको मूल्य घटेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।

    छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ।

    सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।

    आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।