काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। केही दिन अघि आफू साउदी अरब र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।
यस्त उनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदूतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सरकारले बिचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरूको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाए।