काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ।
आज (सोमबार) सेयर बजार ७.०४ अंक ९० दशमलव ३५ प्रतिशत०ले बढेको छ। सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो।
१२ भदौमा १९९८.४८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो। आइतबार १९६०.७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो।
सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ। त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ। यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ। यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ।
लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ।