काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जटिलतालाई हटाएर प्रहरी समायोजन गर्ने तयारी भैरहेको बताएका छन्। आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्, यस्तै उनले समायोजन ऐन बनिसकेको भएतापनि केही जटिलताका कारण कार्यान्वयनमा जान नसकेको समेत बताए।
‘प्रहरी समायोजन ऐन बनिसकेको छ। त्यसको कायान्वयनमा रहेका केही जटिलतालाई हल गरेर कार्यास्नपवयनमा लैजवाने तयारीम सरकार रहेको जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रहरी समायोजनका लागि आवश्यक प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन (प्रहरी समायोजन ऐन) र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय)ऐन बनिसकेको छ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते र नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७७ साल भदौ १२ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। तथापि, प्रहरी समायोजनको कार्य अगाडि बढेको छैन।
यी कानुनहरुमा केही जटिलताहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जटिलताको सम्बोधन गरेर समायोजन गरिने बताएका हुन्।
प्रहरी प्रसासनसम्बन्धी कानुनलाई संघीयता अनुकुल बनाउने गृहकार्य पनि सरकारकाले गरिरहेको उनले बताए।