काठमाडौँ– एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन्।
आज (सोमबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
‘नेपालको नक्सा संसद्ले एक मतले जारी गर्यौँ। चीनले नक्सा प्रकाशित गर्दा हाम्रा चुच्चे नक्सा समेटिएको छैन। परराष्ट्रमन्त्री विगतको सरकारले पत्रचार नै गरेको छैन भनेर आलोचना गरेर बस्नु भएको छ, ’उनले भने, वर्तमान सरकार र परराष्ट्र मन्त्रालयले चुच्चे नक्सालाई मान्यता दिलाउन कुन–कुन देशलाई पत्राचार गरेको छ त्यसको जानकारी तत्काल दिन सरकारसँग माग गर्दछु।