सुनको मूल्य प्रतितोला रू. ४ सयले बढ्यो - Chaitanya News
  • 2026-07-13
  • 19:28:54
  • सोमबार,आषाढ २९, २०८३
  • सुनको मूल्य प्रतितोला रू. ४ सयले बढ्यो

    सुनको मूल्य प्रतितोला रू. ४ सयले बढ्यो

    काठमाडौँ– आज छापावाल सुनको मूल्य प्रतितोला ?रु. ४ सयले बढेको छ।

    आइतबार प्रतितोला रू एक लाख १२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू ४ सयले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ।

    यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ।