दुई सचिवको सरुवा - Chaitanya News
  • 2026-11-16
  • 17:19:54
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ– सरकारले दुई सचिवको सरुवा गरेको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो।

    प्रशासन विशेष ब्युरो प्राप्त जानकारी अनुसार वन सचिव डा। रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी तर्फ) मा सरुवा गर्दै त्यहाँ कार्यरत डा. दीपक कुमार खराललाई पौडेलको ठाउँमा लगिएको छ।

    पछिल्लो पशुपन्छी तथा वन दुवैतिरका सचिवले परफरमेन्स देखाउन नसकेको कुरा मन्त्रालयमा चलेको थियो। यता वनतिर व्यवस्थापनको पक्ष र उता पशुपन्छीतिर विशेष गरी लम्पी स्किनले बस्तुभाउ सोतर हुँदा सरकारको चर्को आलोचना भइरहेको थियो।