ओखलढुंगा– परराष्ट्र मन्त्री एनपी साउदले नेपालको नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन्। आज (आइतबार) पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले हालै चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले यस्तो बताए।
नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए।
सिद्धिचरण नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका लागि ओखलढुंगा आइपुगेका मन्त्री साउदले नक्सा जारी गरेपछि उक्त नक्सासहितको नोट अरु मुलुकलाई पठाए नपठाएको बिषयमा खोजी गर्ने बताए।
त्यस्तै मन्त्री साउदले कृषी पर्यटन र जल सम्पदाको प्रचुर सम्भावना रहेकाले यसको सही सदुपयोग गरी देशको अर्थत्रन्त्रमा आमुल परिर्वतन गर्न सकिने समेत बताए।
उनले अहिले पनि नेपालमा ७० प्रतिशत नागरिक कृषीमै आवद्ध रहेकाले कृषीको आधुनिकीकरण गरेर ब्यवसायलाई जोड दिन सके देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए। त्यस्तै आगामी आर्थीक बर्षमा नेपालबाट भारतमा बिद्युतको ठुलो हिस्सा सप्लाई गर्न सकिनेगरी सम्झौता भैसकेकाले बिद्युतबाट पनि देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई थियो।
कोभिडको महामारी पछि पर्यटन ब्यवसाय पुन लयमा फर्किन थालेको बताउँदै उनले देशमा भएका अन्य थुप्रै पर्यटकिय गन्तब्यहरुको उचित प्रचारप्रसार गरेर करोडौको संख्यामा पर्यटक भित्राउन सकिने उनको भनाई थियो।