काठमाडौँ– आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि परिवार नियोजन गर्नुपर्ने बताएकी छन्।
आज आइतबार) सिंहदरवारमा बसेको समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले किसानहरू बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’ र बँदेल मारेर खाने नीति ल्याउनुपर्ने बताएकी हुन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने भन्दै यस्तो उपाय सुझाएकी हुन्।
सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए।
उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ। बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ। मानिस र जनावरको द्वन्द्वमा के चाहिँ गरिराछ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन।
उनले थपिन्, ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो। किनभने बँदेल त खान्छ नि मान्छेले, बाँदर त खाँदैन। बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ। भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। उनीहरूको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन वर्षमा नियन्त्रण भएछ। त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाहिँ गरेर ल्याऊ भन्नुपर्यो। मान्छेले खानै नपाउने भएपछि समस्या भयो।