रवि लामिछाने र भारतीय राजदूतको टोलीबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 17:35:08
  • सोमबार,मंसिर ०१, २०८३
  • रवि लामिछाने र भारतीय राजदूतको टोलीबीच भेटवार्ता

    रवि लामिछाने र भारतीय राजदूतको टोलीबीच भेटवार्ता

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन्।

    भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा सभापति लामिछानेले राखेका छन्।

    उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागी थिए।