काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने बताएका छन।
आज (शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउका हुन्। यस्तै उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्त्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ। मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ। त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ। प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ। त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ।