न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन, म जहिलेपनि अग्रस्थानमा पुगिरहेको छु : प्रधानन्यायाधीश श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 18:25:02
  • सोमबार,मंसिर ०१, २०८३
  • न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन, म जहिलेपनि अग्रस्थानमा पुगिरहेको छु : प्रधानन्यायाधीश श्रेष्ठ

    न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन, म जहिलेपनि अग्रस्थानमा पुगिरहेको छु : प्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन्। आज (शुक्रबार) सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले उनलाई अभिनन्दन गर्ने क्रममा उनले यस्तो कताएका हुन्। यस्तै उनले भने, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु।

    त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो। प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, “यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ।

    सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे। प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए।

    “सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ। जन्मेको ठाउँ। नजिक रहने हाम्रो स्वभाव पनि हो”, उनले भने। मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुनसक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे।