६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि नेपाली नागरिकता - Chaitanya News
  • 2026-11-16
  • 18:25:37
  • सोमबार,मंसिर ०१, २०८३
  • ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि नेपाली नागरिकता

    ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि नेपाली नागरिकता

    काठमाडौँ– ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता पनि फेला परेको छ। चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले जानकारी दिए।

    एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो। एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ। त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ।

    एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ। तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ।

    गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ। गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ।

    काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक लि–नेङकाई र डिङ सेग्फा छन्। चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ।