काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
आज (शुक्रबार) बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो।
पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए।
यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपास अभियान १५ गते पाल्पामा गएर टुंगिने छ। बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको थियो।