एमसीसी कार्यान्वयनविरुद्ध नेत्रविक्रम चन्द विप्लव सडकमा - Chaitanya News
  • 2026-11-16
  • 18:25:11
  • सोमबार,मंसिर ०१, २०८३
  • एमसीसी कार्यान्वयनविरुद्ध नेत्रविक्रम चन्द विप्लव सडकमा

    एमसीसी कार्यान्वयनविरुद्ध नेत्रविक्रम चन्द विप्लव सडकमा

    काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन्।

    नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन्।