काठमाडौं– आज सेयर बजार २ अंकले घटेको छ। बुधबार २ दशमलव ८२ अंकले घटेर सेयर बजार परिसूचक १९९० दशमलव ५९ विन्दुमा झरेको हो।
सेयर बजार घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। आज २७६ कम्पनीको सेयर खरिद बिक्री भएको छ। जसमध्ये ३८ लाख ३ हजार २४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ। आज १ दशमलव १३ अंकले घटेर ३८१ दशमलव ७१ विन्दुमा पुगेको छ।