काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोल्ने र बेइमानी गर्ने काम सबै माओवादीले नै गरेको आरोप लगाएका छन। आज (बुधबार)उनले पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन्। यस्तै उनले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने कुरा नेकपा माओवादीले नै झुट बोलेर भ्रम फैल्याएको आरोप लगाए।
अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नुपर्ने तर्क गरेका हुन्। उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने कामजति माओवादीले नै गरेको बताए।
उनले भने,‘सत्ता पक्षले झुट बोलिराखेको छ। राप्रपाले उहाँहरुलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुप(यो नि त उहाँहरुलाई समर्थन गछौं,सम्झौता भएको छ भनेर। यो झुटपनि कति बोल्ने होरुमाओवादी भन्ने पार्टी,सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ।