सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदी कति? - Chaitanya News
  • 2026-07-13
  • 19:29:30
  • सोमबार,आषाढ २९, २०८३
  • सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदी कति?

    सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदी कति?

    काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो।

    मूल्य बढेसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ थियो।

    सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १४ सय ८५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ थियो।