काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन्।
आज (मङ्गलवार) पत्रकारहरूसंग कुराकानी गर्दै यनले यस्तो बताउका हुन्। यस्तै उनले सरकार सफल हुने पनि दाबी समेत गरे।
‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन। सरकार सफल हुन्छ। छलफल सकारात्मक ढङ्गले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ। हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने।