काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीपतिहरूले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरूको गणतन्त्र वा गणतन्त्र नै उल्ट्याएर सामन्ती तत्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताएका छन्।
आज (मंगलबार) बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालामा बोलदै उनले यस्तो बताएका हुन्। यस्तै उनले आफूहरू जनगणतन्त्रबाट माथि उठाएर मलुकलाई समाजवादी गणतन्त्रमा रुपान्तरण चाहिरको बताए।
दुई पक्षबीचको लडाइँ यही भएको बताउँदै यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बउनको धारणा थियो। त्यसका लागि मित्रहरूका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने आवश्यक्ता उनले औँल्याए।
नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको भन्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको बताए।
‘निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको छ,’ उनले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु। लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ।
प्रधानमन्त्रीले आफू जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए। धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए।
अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरू सडकमा लाखौं जनताको नेतृत्व गरेर ती सबै शक्तिहरूलाई परास्त गर्न सक्ने उनको भनाई थियो। उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताए।