जुन दिन निष्ठाको राजनीति गर्न सक्दीन त्यो दिन बिदा लिएर बस्छु : कानुनमन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 18:33:07
  • सोमबार,मंसिर ०१, २०८३
  • जुन दिन निष्ठाको राजनीति गर्न सक्दीन त्यो दिन बिदा लिएर बस्छु : कानुनमन्त्री गुरुङ

    जुन दिन निष्ठाको राजनीति गर्न सक्दीन त्यो दिन बिदा लिएर बस्छु : कानुनमन्त्री गुरुङ

    काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट गर्न नसकेको दिन बिदा लिएर बस्ने बताएका छन। आज मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

    सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याउने क्रममा बिचौलिया हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदलाई मन्त्री गुरुङले आग्रह गरेका हुन्।

    ‘विचौलियो हाबी भएर विधेयक आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन। त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो, उनले भने।

    मन्त्री गुरुङले सधै राजनीतिमा नै रहनुपर्छ भन्ने केही नभएको बताए। उनले आफू विचौलियाको प्रभावमा परेर विधेयक ल्याएको भन्ने कुरा अस्वीकार गरे।

    ुनिष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो। सधैँ मन्त्री भइन्छ भन्ने होइन। सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन। विचौलियाकै विरुद्ध लडेर यहाँसम्म आएको छु। सामन्तवादकै विरुद्धमा लडेर यहाँसम्म आएको छु,ु उनले भने,आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ। म खुला पाना हुँ, पढे हुन्छ।