सेयर बजार पाँच अङ्कले घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 19:00:25
  • मंगलबार,जेठ १२, २०८३
  • सेयर बजार पाँच अङ्कले घट्यो, कतिमा हुँदैछ कारोबार?

    सेयर बजार पाँच अङ्कले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– सेयर बजार पाँच अङ्कले घटेको छ। हिजो पाँच अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ।

    आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ। सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर १० प्रतिशतले बढेको छ।

    आज ४० लाख छ हजार कित्ता सेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।