मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्दै, सचिव बढुवा र सहसचिव सरुवा निर्णय हुँदै - Chaitanya News
  • 2026-11-16
  • 18:33:17
  • सोमबार,मंसिर ०१, २०८३
  • मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्दै, सचिव बढुवा र सहसचिव सरुवा निर्णय हुँदै

    मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्दै, सचिव बढुवा र सहसचिव सरुवा निर्णय हुँदै

    काठमाडौँ– मन्त्रिपरिषद् बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्न लागेको छ।

    बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ।

    सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदै छ।

    गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा। गोपीकृष्ण खनाल अनिवार्य अवकाश भएसँगै रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो।

    त्यसैगरि आजको बैठकमा पुनः सहसचिवको सरुवा निर्णयबारे सहमति लिन सक्ने पनि बुझिएको छ। केही दिनअघिको बैठकले पनि अनुसूची अनुसार सरुवा गर्ने निर्णय गरे पनि ठुँगो लगाउन नसक्दा नाम थप्ने घटाउनेमै सीमित भयो।