चीन भ्रमणमा यसअघि भएका सहमति–समझदारी कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 18:33:32
  • सोमबार,मंसिर ०१, २०८३
  • चीन भ्रमणमा यसअघि भएका सहमति–समझदारी कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री प्रचण्ड

    चीन भ्रमणमा यसअघि भएका सहमति–समझदारी कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन्।

    आज (मंगलबार) संसदमा भएको प्रश्नोत्तरमा उनले यस्तो बताएका हुन्। उनलाईनेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताए।

    नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने उनले बताए।

    नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उनले भने ‘त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने कोसिस हुनेछ।’