कोशीमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेनको सहमति भएको छैन : राजेन्द्र लिङ्देन - Chaitanya News
  • 2026-11-16
  • 18:32:47
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेनको सहमति भएको छैन : राजेन्द्र लिङ्देन

    कोशीमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग  कुनै लेनदेनको सहमति भएको छैन  : राजेन्द्र लिङ्देन

    काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेनको सहमति नभएको बताएका छन।

    मध्यपूर्वका भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे। समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन।’

    सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागवण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको थियो। त्यसक्रममा कोशीमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको सत्तारुढ नेताहरुको दाबी थियो।

    राप्रपा अध्यक्ष लिङ्देनले भने कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेका बताए। उनले अघि भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल अवस्थामा छ। सभामुख लिन कसैसँग सौदा गर्नै पर्दैन।

    १० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ।

    संसदीय गणितमा कुनै भूमिका नहुनसक्ने देखेपछि सभामुख नलिएको भन्दै उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन। हामीले अहिले चाह्यौं भने सत्ता गटबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ।

    संविधानका विभिन्न धाराहरु उपयोग गर्ने क्रममा आवश्यक निर्णय गर्दै जाने समेत लिङ्देनले बताए।