सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा सरकारी निवास हस्तान्तरण गरिँदै - Chaitanya News
  • 2026-11-16
  • 18:33:22
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा सरकारी निवास हस्तान्तरण गरिँदै

    सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा सरकारी निवास हस्तान्तरण गरिँदै

    काठमाडौँ– आज सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ।

    सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दै छ।

    दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले काठमाडौँ आउँदा यिनै भवनमा बस्न पाउनेछन्। करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरू बनाइएको छ।

    यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ। लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरू तयार गरिएका हुन्। शयन कक्षदेखि भान्साकोठासम्म पनि छन्।

    हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ।