उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने - Chaitanya News
  • 2026-11-16
  • 18:33:42
  • सोमबार,मंसिर ०१, २०८३
  • उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने

    उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ। उनले अघि भने, ‘अरु समितिबारे छलफल भइरहेको छ।’ सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ।

    संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ। र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन। भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ।