चैतन्यद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न - Chaitanya News
  • 2026-07-16
  • 09:05:19
  • बिहिबार,आषाढ ३२, २०८३
  • चैतन्यद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

    चैतन्यद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं- चैतन्य पाठशाला धनगढीले शिक्षक अभिमूखि करण सम्पन्न गरेको छ।

    आज सबै शिक्षकहरूको उपस्थितिमा एकदिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव नरेन्द्रबहादुर खातीले पाठ्यक्रम, शिक्षण र अन्य समसामयिक शैक्षिक सन्दर्भहरूको विषयमा सहजीकरण गरेका थिए।

    यसैगरी उपमहानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम “हाम्रो धनगढी” (२०८०) कार्यान्वयनको विषयमा राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उक्त पाठ्यक्रमका लेखक तथा सम्पादक गणेशराज भट्टटले सहजीकरण गरेका थिए। उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आदरणिय अतिथी सहजकर्ता तथा सहभागी शिक्षकलाई धन्यवाद ज्ञापन गरेका थिए।