मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । आयआर्जन राम्रो छ । पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ ।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोल्दा ख्याल गर्नुहोला । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ ।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य राम्रो छ । प्रेममा सफलता मिल्नेछ । शत्रु बढ्नेछन् ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ । प्रसन्नता बढ्नेछ ।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अचानक लाभ हुनेछ ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । तर, शत्रु निस्तेज हुनेछन् ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । झुठा आरोप लाग्नेछ ।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउने गर्नुहोला ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तबाटै आरोप खेप्नुपर्नेछ । सम्पत्ति आर्जन हुनेछ ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढ्नेछ । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।