ललिता निवास प्रकरणमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन् : पूर्वाधारमन्त्री ज्वाला - Chaitanya News
  • 2026-11-16
  • 18:29:59
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरणमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन् : पूर्वाधारमन्त्री ज्वाला

    ललिता निवास प्रकरणमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन् : पूर्वाधारमन्त्री ज्वाला

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले नपत्याउँने बताएका छन। पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप समेत लगाए।

    उनले भने, ‘समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ। कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन। त्यसका विरुद्धमा छौँ हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडी हो।

    गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरू सक्षम रहेको बताए। उनले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा गरे। उनले सबैभन्दा क्लिन नेताहरू नेकपा एसमै भएको दाबी गरे।